फक्ताङलुङ गाउँपालिकाः प्रथम वडा स्तरीय लिग खेल हुदै
Phaktanglung Darpan
पौष ७ गते २०८१
4:35 pm
फक्ताङलुङ दर्पण
सिता माबो÷ताप्लेजुङ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रथम वडा स्तरीय लिग खेलाउने भएको छ । गाउँमा खेलाडीरुहको पहिचान गर्न र खेलाडी उत्पादन गर्नका लागि फुटबल खेल खेलाउँन लागेको हो । यस गाउँपालिका ७ वटा वडा मध्ये ६ वटा वडाका खेलाडीहरु सहभागी हुने आयोजक फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । खेल वडा नम्बर २ खेजेनिको आलेटारको खेल मैदानमा लिक सञ्चालन हुने आयोजले जनाएको छ । गाउँपालिकाले र्सावजानिक गरेको खेल तालिका अनुसार समुह (ए)मा १ नम्बर वडा सावादिन, ४ नम्बर वडा इखाबु र ५ नम्बर वडा तापेथोक रहेको छ । त्यस्तै समुह (बि)मा २ नम्बर वडा खेजेनिम, ३ नम्बर वडा लिङखिम र ६ नम्बर वडा लेलेल रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार सोमबार हुने पहिलो खेलमा सावादिन र ईखाबु बिच खेल हुने छ । दोस्रो खेल खेजिम र लिङ्खिम बिच खेल हुने छ । त्यस्तै अन्तिम खेल सावादिन र तापेथोक बिच खेल हुने गाउँपालिकाले जनाएको छ । मंगलमा तीन खेल सञ्चालन हुने आयोजकले जनाएको छ । पहिलो खेल खेजेनिम र लेलेप,दोस्रो खेल तापेथोक र ईखाबु बिच खेल हुने अन्तिम लिङखिम र लेलेप बिच खेल हुने गाउँपालिकाले जनाएको छ । बुधबार नक आउट चरणको खेलन हुने छ । …