१८ मंसिर, काठमाडौं ।<html> <body><u> ‘मैदानमा तुफान, सुदूरको सान’ सुदूरपश्चिम रोएल्सको गितले यस्तै भन्छन् । यही गीत जस्तै सुरूवात भयो नेपाल प्रिमियर लिग लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सको । ‘मैदानमा दीपेन्द्रको तुफान, किंग्समाथि रोएल्सको सान’ यस्तै भयो खेलको नतिजा ।</u></body> </html>
कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी इनिङ्स खेल्दै टिमलाई राम्रोसँग नेतृत्व दिएर अघि बढाए । त्यसमा अन्य खेलाडीहरुले पनि राम्रो साथ दिए । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोएल्सले मंगलबार विराटनगर किंग्सलाई ९० रनले पराजित गर्दै सानदार सुरूवात गर्यो ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रको अविजित ५७ रन मदतमा १८२ रन बनाएको थियो । विपक्षी टिमलाई ९२ रनमा अलआउट गर्दै ९० रनको फराकिलो अन्तरले खेल जित्यो ।
बलिङमा न्युजिल्याण्डका स्कट कुगेलेइनले र अविनाश बोहराले ३-३ विकेट लिए । अलराउण्डर ब्राण्डन म्याकमुलेनले पनि किफायती बलिङ गर्दै ३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर १ विकेट लिए ।