श्रावण १० गते २०८३
12:51: PM
श्रावण १० गते २०८३
12:51: PM

उपनिर्वाचनः ताप्लेजुङको सिरिजङ्घा—३ एमालेका साउदेन निर्वाचित

मंसिर १७ गते २०८१
12:12 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा(एमाले)पार्टीका उम्मेदवार कुमारी साउदेन निर्वाचित हुनुभएको छ । नेकपा(माओवादी केन्द्र)का उम्मेदवार अम्बि सावादेनलाई १०२ को मतान्तरले पछि पादै साउदेन निर्वाचित हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठका अनुसार नेकपा(एमाले)पार्टीका उम्मेदवार साउदेनले ३५३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । उहाँको प्रतिन्धी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार अम्बि सावादेनलाई २५१ मत प्राप्तरे पराचित हुनुभएको छ ।
त्ययस्तै नेपाली काँग्रेसका उम्मेदवार भीमकुमारले २१८ प्रप्ता गनुभएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र काङ्वा लिम्बूले ५४ मत प्राप्त गर्नुभएको छ,र राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल ७ मत प्राप्त गरेको छ । नौ मत बदर भउको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । कुल एक हजार ५२८ मतदातामध्ये ८९२ मत खसेको थियो । ५८.१८ प्रतिशतले मतदान खसेको जिल्ला निर्वान कार्यालय ताप्लेजुङले जनाएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिम हङकङ गएपछि उहाले उतैबाट राजीनामा पठाए पछि निर्वान उपनिर्वाचन भएको हो …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo