श्रावण १ गते २०८३
02:34: AM
श्रावण १ गते २०८३
02:34: AM

बहुविवाहमा दोषी ठहर, एमाले नेता पासाङ शेर्पालाई एक वर्ष जेल सजाय

असाेज २२ गते २०८१
5:33 pm
Author Avatar
फक्ताङलुङ दर्पण

नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाहको आरोपमा दोषी ठहर भएका छन्। उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले शेर्पालाई एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोक्दै जिल्ला अदालतको अघिल्लो फैसला सदर गरेको हो।
शेर्पामाथि उनकी पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले बहुविवाह र कुटपिटको मुद्दा दायर गरेकी थिइन्। जिल्ला अदालत काठमाडौँले २०७९ चैतमा उनलाई दोषी ठहर गरेकोमा, उच्च अदालतले उक्त फैसलालाई सदर गर्दै शेर्पाले कानुन उल्लङ्घन गरेको पुष्टि गरेको छ। अदालतका अनुसार शेर्पाले करिष्मासँग २०६१ सालमा विवाह गरेका थिए र दुई वर्षपछि पूजा परियारसँग अर्को विवाह गरेको ठहर गरेको छ
शेर्पाको कानूनी समस्या यतिमा मात्र सीमित छैन। जिल्ला अदालतले बहुविवाहको महलअन्तर्गत रहेको मुलुकी ऐनको ९ नम्बरको कसुरमा उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। यद्यपि, पूजा परियारलाई भने अदालतले सफाइ दिएको छ। परियारले आफूले शेर्पा पहिले नै विवाहित रहेको थाहा नपाएको बयान दिएपछि उनलाई सफाइ दिइएको हो।
यो फैसला नेपालमा बहुविवाहसम्बन्धी कानुनी कठोरताको स्पष्ट उदाहरण बनेको छ, जहाँ एक वर्ष कैद र जरिवाना समेतको सजाय बहुविवाहलाई नियन्त्रण गर्ने कानूनी प्रयासको रूपमा लिइएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo