दसैंको बेला पिङ खेल्ने परम्परा नेपाली ग्रामीण परिवेशको विशेष सांस्कृतिक सम्पदा हो। प्रत्येक वर्ष विजयादशमीको दिन पिङ मच्चाएर भूमि छोड्ने परम्पराले एक प्रकारको सामाजिक, सांस्कृतिक, र शारीरिक पुनर्स्थापनाको अनुभूति दिलाउँछ। तर, आधुनिकता, प्रविधिको प्रवेश, र सहरीकरणसँगै पिङ संस्कृतिमा कमी आएको देखिन्छ। पिङको मौलिकता र रमाइलो भनेको बाबियोको लठारोबाट रोटेपिङ र लिङ्गेपिङ बनाउँदै गाउँभरिका युवाको सामूहिक जमघटमा हो
आजकल यो माहोल बदलिएको छस युवाहरू गाउँ छाडेर विदेश पलायन भइरहेका छन्, जसका कारण गाउँ(घरमा पिङ बनाउने प्रचलन मात्र घटेको छैन, यसले संस्कृतिको निरन्तरतामा पनि प्रभाव पारेको छ। धेरै ठाउँमा दशैंको पिङ बन्ने ठाउँ अब सामूहिक उत्सव मनाउने थलो नभएर सुनसान बनिसकेको छ।
पिङ खेल्नाले शरीरका सबै मांसपेशीमा गतिशीलता ल्याउने भएकाले शारीरिक स्वास्थ्यलाई ताजगी प्रदान गर्छ, जसले शरीरको पाचन तन्त्रमा समेत सहयोग पुर्याउँछ। सामूहिक गतिविधिका रूपमा यसले गाउँमा एकता, सामूहिकता, र परिचयको भावनालाई प्रगाढ बनाउँथ्यो। तर, सहरीकरणले खुला चौर र पिङ बनाउने ठाउँको अभावलाई निम्त्याएको छ, र प्रविधिले मनोरञ्जनका विभिन्न साधन सजिलै उपलब्ध गराइदिएको हुँदा युवाहरू सामाजिक सञ्जालमै रमाउन थालेका छन्।
यस ऐतिहासिक सम्पदालाई जोगाउन स्थानीय सरकार र युवाहरूले पहल गर्न आवश्यक छ। नयाँ पुस्तालाई पिङ बनाउने सिप र परम्परा हस्तान्तरण गर्ने, सामूहिक जमघटको माध्यमबाट सांस्कृतिक महत्त्वको चेतना फैलाउने, र युवालाई यसमा संलग्न गराउने काम हुन जरुरी छ। ग्रामीण क्षेत्रमा पिङ संस्कृतिको पुनरुत्थानले सांस्कृतिक, सामाजिक, र शारीरिक लाभ दिलाउन सक्छ, जसले स्थानीय समाजलाई फेरि नयाँ रूपले एकत्रित गराउन मद्दत पुर्याउनेछ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
