श्रावण १० गते २०८३
02:54: PM
श्रावण १० गते २०८३
02:54: PM

ताप्लेजुङमा अवैध पेस्तोलसहित फरार व्यक्ति पक्राउ

असाेज १८ गते २०८१
7:30 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ बस्ने ३३ वर्षीय देउमान लिम्बु एक वर्षदेखि फरार रहेको अवस्थामा अवैध पेस्तोलसहित पक्राउ परेका छन्। जिल्ला अदालत ताप्लेजुङले उनलाई २०८० असार ६ गते १ वर्ष कैद र रु २,५०० जरिवाना सुनाएको थियो, तर उनी फैसलापछि फरार थिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, लिम्बु गाउँमा पेस्तोल देखाएर धाकधम्की दिँदै शान्ति भंग गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो। उनलाई मिक्वाखोला गाउँपालिका–२ स्थित आफ्नै गाउँबाट लुकीछिपी बसेको अवस्थामा २०८१ असोज १५ गते पक्राउ गरिएको थियो।

प्रहरीको थप अनुसन्धानबाट लिम्बुले प्रयोग गरेको पेस्तोल मिक्वाखोला–२, वैराखुमा बस्ने उदय पन्थको घरमा लुकाएको खुल्न आएको थियो। प्रहरी टोलीले पन्थको घरमा छापा मार्दा ९ राउन्ड गोलीसहितको एक थान अटोमेटिक पेस्तोल बरामद गरेको छ। घटनामा संलग्न उदय पन्थलाई पनि पक्राउ गरिएको छ।

पक्राउ परेका दुबै व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo