श्रावण ११ गते २०८३
10:51: AM
श्रावण ११ गते २०८३
10:51: AM

मुक्कुमलुङ(पाथीभरा)मा केवलकार निषेध

असाेज ११ गते २०८१
4:02 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको ऐतिहासिक र धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा) मा केवलकार निर्माणको विरोधमा जारी संघर्षले नयाँ मोड लिएको छ । स्थानीय मुन्धुमी आस्थाका अनुयायीहरूले मुक्कुमलुङलाई धार्मिक, सांस्कृतिक, र आध्यात्मिक केन्द्रको रुपमा संरक्षण गर्नुपर्ने भन्दै विगत ६ वर्षदेखि संघर्ष गर्दै आएका छन् । केवलकार निर्माणलाई आस्था र सांस्कृतिक सम्पदामाथिको अतिक्रमणको रुपमा लिएका छन् ।


मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति’ र ’केबलकार निर्माण खारेजी सङ्घर्ष समिति’ का संयोजक खगेन्द्र फेम्बु र श्री लिङखिमले प्रेस विज्ञप्ति जारी गर्दै भने, “मुक्कुमलुङ हाम्रो मुन्धुमी आस्थाको केन्द्र हो, यसको संरक्षणको लागि हामीले ’मुक्कुमलुङ बचाउ’ देखि ’मुक्कुमलुङ छोड’ अभियानसम्म चलाएका छौँ । केवलकार निर्माणको प्रयास मुन्धुमी स्थलको अस्तित्वमाथि हमला हो ।”


विज्ञप्तिमा भनिएको छ कि केवलकार परियोजना नाफाखोर व्यापारी र पुँजीपतिहरूको षड्यन्त्र भएको दाबी गर्दै यसले जातीय सद्भावमा खलल पु¥याउने र द्वन्द्व निम्त्याउने आरोप लगाइएको छ । साथै, आन्दोलनमा रहेका स्थानीयहरूले राज्य पक्षबाट अन्याय र दमन भोग्नुपरेको उल्लेख गर्दै शान्ति र सद्भावको पक्षमा रहेको बताइएका छन् ।


मुक्कुमलुङ क्षेत्र लिम्बू समुदायको ऐतिहासिक मुन्धुमी आस्था र विश्वासको स्थल भएकोले केवलकार जस्तो परियोजना निर्माण गर्नु नहुने उहाँहरूको भनाइ छ । गोरखा र लिम्बूवानबीच सन् १८३१ मा भएको लालमोहर सन्धिको सम्मान गर्दै मुक्कुमलुङको ऐतिहासिक नाम पुनर्स्थापना गर्न पनि माग गरेका छन् ।


सङ्घर्ष समितिले ताप्लेजुङ सरोकार केन्द्रले मुक्कुमलुङ संरक्षणबारे छलफलका लागि निमन्त्रणा गरेको कदमलाई सकारात्मक भने तापनि केवलकार निर्माणको बहानामा छलकपटपूर्ण छलफल नगरियोस् भन्ने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, “पर्यटन र विकासको नाममा भएको कुनै पनि छलकपटपूर्ण योजना स्वीकार्य हुनेछैन, र त्यसको कडा प्रतिरोध गरिनेछ।“
सङ्घर्ष समितिले मुक्कुमलुङलाई पवित्र आध्यात्मिक स्थलको रुपमा संरक्षण गर्न र केवलकार निर्माणको प्रयास तत्काल बन्द गर्न आग्रह गरेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo