तमोर करिडोरको सडक निर्माणमा खटिएको स्काभेटर पहिरोले क्षतिग्रस्त
Phaktanglung Darpan
भाद्र ३१ गते २०८१
1:39 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङको फक्ताङलुङ — तमोर करिडोर अन्तर्गत फक्ताङलुङ गाउँपालिका—३, खेसेवामा पहिरोले सडक निर्माणका लागि प्रयोग भइरहेको स्काभेटर क्षतिग्रस्त भएको छ । सोमबार सडक खन्दै गरेको अवस्थामा बा.प्र.०१–००३ क ८२६३ नम्बरको स्काभेटरलाई माथिबाट खसेको पहिरोले पुरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले स्काभेटरको ठूलो क्षति भएको जानकारी दिनुभयो। यद्यपि, स्काभेटरका चालक रुपेश सार्की भने सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ । सिवा माध्यमिक विद्यालयका शिक्षक ओमनाथ गौतमका अनुसार पहिरोले स्काभेटरको आधा भाग पुरिए पनि चालकलाई कुनै हानि नभएको बताइएको छ ।…