गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन’ सार्वजनिक
Phaktanglung Darpan
भाद्र २० गते २०८१
5:15 pm
फक्ताङलुङ दर्पण
काठमाडौं। गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन’ सार्वजनिक भएको छ। आदेश गुरुमाचनको संगीत र समिर राईको शब्दमा तयार भएको यस गीतमा प्रेम र सुनौलो पलहरूलाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा मोडलहरू समिक्षा पोखरेल र एस राज गाराचले अभिनय गरेका छन्। भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने विजय राज भुर्तेलले छायांकन र सम्पादनको जिम्मेवारी सम्हालेका छन्।