दैनिक हजारौं युवाहरु रोजगारीको खोजीमा भौतारी रहेका छन्, तर फुङ्लिङ नगरपालिका—६ का ७४ वर्षकी कमला देवी गुरुङले भने राडी पाखी बुनेरै लोभ लाग्दो आम्दानी गर्दै आउनुभएका छन् ।
बाल्यकाल देखिनै राडी बुन्न थाल्नुभएकी कमला करिब ६२ वर्ष भन्दा लामो समय मुख्य पेशाकोरुपमा राडी पाखी बुनेर समय बिताउनुभएको छ । बाल्यकालमा आमाले बुन्दै गरेका तानबाट राडी बुन्न थाल्नु भयो । आमा कतै गएको समयमा मौंका पारेर आमाले बुन्दै गरेको राडीको तान बुन्नु हुन्थो । विस्तरै आमाले खेलाएको भेडीको ऊनबाटा धागो बनाएको हेर्दै कमला देवीले पनी भेडीको ऊन खेलाउन थाल्नु भयो ।
पछि आमालाई राडी पाखी बुन्न सघाउँनु थाल्नुभयो । त्यतिकै बिवहा गर्नु भयो । उहाँ बिवहा गर्ने गएको घरमा पनि सासु आमा राडी पाखी बुन्ने काम गर्नु हुन्थो । विवहा गरेको घरमा सासु आमालाई राडी पाखी बुन्न साघाउँने काम गर्नु थाल्नुभयो । उहाँ अहिले कापाल सेताम्य भएको छ । गला निकै खुम्चीएको देखिन्छ । तर पनि भेडीको ऊन खेलाउन थाकेकी छैन्न् । बिहान देखि बेलुका सम्म भेडी ऊनलाई नरम बनाउनका लागि कोर्ने, धागो बनाउन चर्खा लगाउने, तानमा भेडीको ऊनसंगै औंलाहरु खेलाउन उहाँको दैनिकी नै हो ।
उहाँले एक महिनमा १० देखी १३ थान राडी उत्पादन गर्नु हुन्छ । प्रती राडी तीन हजार देखि चार हजार रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ । मासिक ४० हजार रुपैयाँ बराबरको राडी बिक्री गर्दै आउनुभएको गुरुङले बताउनुभयो । वार्षिक चार लाख ५० हजार रुपैँया भन्दा बढी रा आम्दानी गर्दै आउनुभएको उहाँले बताउनुभयो । राडी पाखीको बजार खोज्दै हिड्न पर्दैन । बरु बजारले उहालाई खोजी गर्दै आउँछन् । घर आगनमै गाडी लिएर राडी पाखी लिन आउँछन् । सदरमुकाममै सञ्चालनमा रहेको ताप्लेजुङ कोसेली घरमा राडी पाखी उपलब्ध गराउनका लागि मासिक ठेक्का समेत लिनुभएको छ । उहाँले बुनेका धरै कोसेली घरमा पठाउनु हुन्छ ।
कोशेली घरबाट विभिन्न जिल्लामा कोशेलीको रुपमा राडी जाने गरेको छ । झापा, धरान,विराटनगर साथै काठमाडौं साथै अमेरिका, युके, जापान लगायतका देशहरुमा समेत कोसेलीको रुपमा राडी जानेकरेको उहाँले बताउनुभयो । राडी पाखी बुन्नका लागी उन समेत खोजी रहनु पदैैन उहाँलाई पुग्ने भेडीको ऊन घरमै पुर्याइ दिने गर्दछन् । उहाँले खपत हुने उन प्राय फक्ताङलुङ गाउँपालिकाबाट भेडी कोठलाहरुले ल्याईदिने गरेको बताउनुभयो । एक धार्नी( साढे दुई केजी)को ३०० देखि ४०० रुपैयाँमा भेडीको ऊन खरिद गरेर राडी पाखी बुन्दै आउनुभएको उहाँको भनाइ रहेको छ ।
कमलाको कामले युवा पुस्तालाई पनि प्रेरित गरेको छ । सान्ता राई, उषा वीएस र सञ्जु लिम्बुले उनलाई राडी तयार गर्न र बुन्न मद्दत गरेर सिप सिक्न थालेका छन् । आफ्नो मेन्टरशिप मार्फत, कमलाले आफ्नो सीपहरू यी युवा महिलाहरूलाई हस्तान्तरण गरिरहेकी छिन्, यो सुनिश्चित गर्दै कि राडी बुनाईको परम्परा आगामी पुस्तासम्म जारी रहनेछ ।
राडी बुन्ने सिप नेपालको परम्परागत हस्तकलाका महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो। विशेषगरी हिमाली र पहाडी भेगका समुदायहरूले भेडीको ऊन प्रयोग गरी राडी बुन्ने कला लामो समयदेखि आत्मसात गर्दै आएका छन्। यो सिपले न केवल स्थानीय समुदायको पहिचानलाई जीवित राखेको छ, तर उनीहरूको आर्थिक जीवनमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । राडी बुन्ने प्रक्रिया साधारणतः भेडीको ऊनबाट सुरु हुन्छ । भेडीलाई मिटरिने ऊनलाई पहिलो चरणमा सफा गरेर धागो बनाइन्छ । त्यसपछि चर्खाको प्रयोगबाट धागोलाई मोटो बनाइन्छ, जसले राडीको बलियोपन र तातोपन सुनिश्चित गर्दछ ।
धागो तयार भएपछि तानको मद्दतले राडी बुन्न थालिन्छ। यस क्रममा परम्परागत उपकरणको प्रयोग गरी बुनाईलाई सुगम बनाइन्छ। राडीको डिजाईन साधारण भए पनि त्यसको माटो, रङ्ग, र बनावटले यसलाई विशेष बनाउँछ । सामान्यतया, राडीको उत्पादनमा मुख्यतः कालो, सेतो, र खैरो रङ्गको ऊन प्रयोग गरिन्छ।
राडी बुन्ने सिपले ग्रामीण क्षेत्रका महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। धेरै महिलाहरू यस व्यवसायमा संलग्न छन्, जसले उनीहरूको आयको स्रोत बनाएको छ। साथै, राडीले स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म आफ्नो पहिचान बनाउन सफल भएको छ । राडी बुन्ने सिपले मात्र आर्थिक लाभ नभई सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पनि योगदान पु¥याइरहेको छ ।