श्रावण ११ गते २०८३
01:28: PM
श्रावण ११ गते २०८३
01:28: PM

बाढी–पहिरो पीडितलाई पुतली सहयोग योजनाद्वारा राहत वितरण

भाद्र ९ गते २०८१
2:50 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा बाढी र पहिरोले विस्थापित परिवारहरूलाई पुतली सहयोग योजना संस्थाले राहत वितरण गरेको छ । संस्थाले गाउँपालिका—२ खेजेनिममा जेठ ३१ गते राति आएको अबिरल वर्षाले विस्थापित गरेका ७ परिवारलाई आवश्यक खाद्यान्न र अन्य सामग्री प्रदान गरेको हो ।


पुतली सहयोग योजनाका जिल्ला कार्यक्रम संयोजक दावा छिरिङ शेर्पाका अनुसार, पीडित परिवारलाई ६० केजी चामल, १० केजी दाल, १० केजी मैदा, ५ केजी नुन, ५ केजी चिनी, ३ लिटर तेल, र २ काटन चाउचाउ वितरण गरिएको छ ।

साथै, ७ घरपरिवारका ५० जनालाई ज्याकेट समेत वितरण गरिएको छ । शेर्पाले यस राहत वितरणले विस्थापित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने अपेक्षा गर्नु भयो ।


राहत वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) र वडा अध्यक्ष भुपेन्द्र चौलागाईले समन्वय गर्नु भएको थियो । कुल ५ लाख ८५ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ । बाढी र पहिरोले विस्थापित भएको क्षेत्रमा राहत पु¥याएर संस्थाले विपद् व्यवस्थापन र पुनर्स्थापनाका लागि योगदान पु¥याएको छ । स्थानीय समुदायले यो सहयोगलाई सकारात्मक रूपमा लिएको छ । बाढी–पहिरोको असरले घरबारविहीन बनेका पीडितहरूको पुनःस्थापनामा यस सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ।


यस किसिमको सहयोगले प्राकृतिक विपद्का बेला स्थानीय बासिन्दाको जीवनलाई सहज बनाउँदै उनीहरूको मनोबल बढाउन मद्दत गने फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।


द बटरफाई हेल्फ प्रोजेट स्वीजरलेण्टको आर्थिक सहयोग तथा पुतली सहयोग आयोजनाको सजीकरणमा विभिन्न जिल्लाहरुमा कार्यक्रम गर्दै आएका छन् । यस संस्थाले विगत भुकम्प समयमा समेत पीडितहरुलाई राहत उपलब्ध गराउनुभएको थियो । शिक्षा,स्थास्थ्य विभिन्न बाढी पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउँदै आएको कार्याक्र संयोजक शेर्पाले बताउनुभयो । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo