ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम केन्द्र भएर भूकम्प भएको छ। शनिबार राति १०स्१३ बजे ४।१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गत असार २६ गते खेजेनिमसँगै सीमा जोडिएको वडा नं ५ तापेथोक केन्द्र भएर ४।४ म्याग्निच्युडको भूकम्प गएको थियो। केन्द्रका अनुसार साउन २ गते रसुवाको मान्चेट केन्द्र भएर ३।९ र मुगुको दर्मा केन्द्र भएर ३।९ म्याग्निच्युडको भूकम्प गएको थियो।