ताप्लेजुङमा ट्रयाक्टर दुर्घटनाबाट एक मृत्यु ८ घाईते
Phaktanglung Darpan
वैशाख २६ गते २०८१
1:45 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक मृत्युको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । मृत्यु हुनेमा डुम्रिसेका किरण तामाङका छोरा ९ वर्षिय मानस तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो काबेली खोलाबाट माकोजातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घाईते भएका अन्य ८ जनाको डुम्रिसे स्वास्थ्य चौकीमा उपचारका लागि लगिएकोे छ । चालक फरार भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।….