काठमाडौं इलाम—२ हुन गइरहेको उपनिर्वाचनमा संयुक्त नागरिक पार्टी (सनापा)ले पहिचान पक्षका उमेदवारलाई समर्थन गर्ने भएको छ । सनापाले एक प्रेस विज्ञाप्ती जारी गर्दै पहिचान पक्षका उमेदवार डकेन्द्र सिंह थेकिमलाई समर्थन गर्ने जनाएको हो । आगामी वैशाख १५ मा उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिचानको राजनीतिक मुद्दा स्थापना गर्दै देश,जनताको हित र रक्षाको लागि पहिचान पक्षधरका साँझा उम्मेद्वार थेगिमलाई समर्थन गरि चुनाव प्रचार(प्रसार लगायत निर्वाचन केन्द्रीत सम्पूर्ण गतिविधिमा पार्टीको पूर्ण समर्थन र साथ सहयोग रहने प्रतिवद्धता सहितको निर्णय गरेको विज्ञप्तिमा जनाएको छ । यहि चैत्र २५ गते पार्टीको संघीय समितिको काठमाण्डौमा सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ । साथै ईलाम २ का सम्पूर्ण मतदाताहरुलाई पहिचान पक्षका स्वतन्त्र उम्मेद्वार थेगिमलाई आफ्नो अमुल्य मत दिई विजयी गराउन पनि हार्दिक अपिल समेत विज्ञप्तिमार्फत गरिएको छ ।