देवेन्द्र बानिया/ताप्लेजुङ
आज मन निकै चञ्चल थियो किन कि आजबाट नयाँ सेसन सुरु भएको थियो । आजबाट नयाँ अनुहारका विद्यार्थी आउँदै थिए । कस्तो खालको विद्यार्थी आउलान् को को हुन् मलाई सताउने कामको आउने हो कि भनेर सोच्दा सोच्दै क्लास अगाडि पो आइसकेछु । हल्का मुस्कान सँगै क्लासमा प्रवेश गरे । सबैजनाले उठेर गुड मर्निङ मिस भने मैले पनि बस बस भन्दै हात हल्लाएँ । विद्यार्थीहरू खसखुस खसखुस सुरु गर्न थाले ।
मैले सबैजनालाई चुप लाग भने ल आज तिमीहरूको पहिलो दिन सबैले उठेर आफ्नो परिचय देउ भने सबैजनाको अनुहारमा छुट्टै चमक थियो । सायद पहिलो दिन भएर होला । सबैले मिस हजुरको पहिला भन्न थाले मैले होइन मेरो चाई अन्तिम भने बिस्तरी सबै विद्यार्थीले आफ्नो नाम र थर बताउन लागे यो दिन पनि अरु दिन जस्तै चल्दै थियो सामान्य नै सबैले आ आफ्नो नभन्दै सके अब पालो थियो मेरो नाम हो विनुसा लिम्बु हो मैले यही कलेजबाट पढेको हो र मैले यही कलेजमा पढाउँछु मेरो घर पाँचथर हो, यति मात्र भन्दै थिए एकजना विद्यार्थीले ठट्यौली पारामा बन्यो अनि बिहे गर्नुभयो त मिस हल्ला भइरहेको क्लास एक्कासी शान्त भयो ।
अलिअलि रिस पनि उठ्यो। तर हाँस्दै भने तिमीलाई चाहिँ किन चाहिएको उसले भन्यो त्यत्तिकै भन्यो मैले सोधे तिम्रो नाम के हो उसले भन्यो मेरो नाम आकाश भन्यो मैले भने आकाश के हो नी, उसले भन्यो थाहा भइहाल्यो त्यसै दिनु अनि छटु रहेछ भनेर त्यस दिन यसरी नै गफ गफमै कक्षा कोठाबाट बाहिरियौं । समय बित्तै थियो ऊ मलाई के के भन्दै जिस्किरहन्थ्यो क्लासहरूमा पनि चुप लाग तिमी भन्थे मैले एक दिन क्लास लिएर सकिएको थियो । विद्यार्थीसँग गफ गर्दै थिए बिचमा आशिष निस्कँदै भन्नुयो “थाहा छ मिस यो आकाश हजुरको क्लासमा मात्र ध्यान दिएर सुन्ने हो नि । अरुकोमा त सर ले के भन्नुभयो कुन विषय पढाई हुँदै छ यसलाई थाहा हुँदैन भन्दै बोल्यो ।” अचम्म मान्दै सोधे होर आकाश हो बोलेन ।
यत्तिकै क्लास सकियो । मलाई पनि विभिन्न प्रश्नहरू मेरो मनसपटलमा आउन थाल्यो । आखिर आकाश साँच्चै त्यस्तो गर्छ त ? गरे पनि आखिर किन गर्छ त त्यस्तो मलाई पनि अब दिनभर त्यै कुराले सताउन थाल्यो । आखिर आकाशको कुरा के हो त ? हो भने जिस्किँदै थियो । उसलाई मैले चुप लाग भन्दै क्लास अघि बढिरहेको थियो एकदिन मेरो क्लास ग्याप भएकाले लाइब्रेरीमा गएर बुक हेर्न थाले । बुक लिएर पढ्दै गर्दा उता पर हेरेको त आकाशले देखे अरुबेला जिस्किने मान्छे आज मलाई देखेर टाउको घुमायो अचम्ममा परे । सधैँ बोल्ने केटालाई आज के भएछ फेरि मैले पनि त्यस्तो केही भनेको त थिएन । मनमा अर्कै लाग्यो किनकि क्लास बाहिरी जहाँसुकै देख्दा पनि हो मसँग मज्जाले बोल्ने भएकाले आजको उसको त्यो व्यवहार अलि अर्कै लाग्यो । म पनि त्यही छेउमा पुगेर कुर्सी तानेर बसे उसले अझ अनुहार मोडेर आँखातिर हात लाग्यो अनि केही पुछे जस्तो लाग्यो । एकैछिनमा म तिर हेरेर हाँसेर बोल्ने कोसिस गर्यो ।
मैले उसलाई निहालिराखेको मात्र थिए । उ मतिर फर्केर जति नै बोलेपनि उसको आँखामा आँसु टिलपिल आइरहेको थियो । एकै छिन सम्म केही बोल्न सकिन उसको आँखा मात्र हेरिरहेको थिए । उसले झुटो मुस्कानसहित हजुर सबै ठिकै छ भन्यो अनि मैले सोधे किन आखा आँशु मलाई भन्न त भने उसले केही होइन भनेर जिद्दी गर्यो । मैले पनि नभन्ने भने ठिक छ, भने नभन्ने हो, भने आजबाट मसग नबोल्नु, खोइ मलाई पनि के भइरहेको थियो । उसको आँखामा आँसु देखेर मलाई नराम्रो लागिरहेको थियो । अनि जसरी पनि आँसुको कारण पत्ता लगाउन लागेको थिए म ।
आफैले प्रश्न गर्दै थिएँ म । मलाई यति जरुरत परेको थियो उसको कुरा सुन्नलाई अनि उताबाट आकाश बोलियो अनि मिस कता बस्नुहुन्छ नि ? भन्दै एकै स्वरमा बोल्यो, मैले भने, किन रोएको भन्नु अनि बल्ल भन्छु । भने मेरो जिद्दीको अगाडि उसको पनि केही लागेन सुक्क—सुक गर्दै मिस भनेर झन् आँसु झार्न थाल्यो मैले नरुनु के भयो, भन भने खोई मलाई पनि के भएको थियो मिल्ने भए त त्यही अङ्गालो मारेर आँसु पुछिदेउँ जस्तो भएको थियो तर त्यस्तो गर्न पनि मिलेन । ऊ मेरो विद्यार्थी हो, भनेर पनि भुल्नुभएन नि ! मैले , आकाशले भन्दै थियो, आमाको साह्रै याद आयो मैले भने दुई चार दिन घर बसेर आमाको न्यास्रो मेटेर आउनु न मात्र भन्दै थिए, उसको आँसु झन बढ्दै गयो ।
अनि भन्यो आमाले छोडेर गएको धेरै भयो भन्यो । अनि बुबालाई त आज सम्म पनि देखिएको छैन । सधैँ हाँस्ने आकाशको पछाडिको पीडा देखेर म भुइमा पछारिएको थिए । नरौँ आकाश जीवन यस्तै हो । सबै सहनुपर्छ भन्दै उसलाई सम्झाउँदै आफ्नै आँखामा आँसु रसाइसकेको थियो । बिस्तारै वातावरण सुनसान हुँदै थियो । अनि उसले भन्यो कता बस्नुहुन्छ भन्यो मैले भने म फिदिम बस्छु । अनि मैले तिमी नी भने, उसले भन्यो, म ताप्लेजुङ बस्छु । अनि बिस्तारै उसले कुरा हाँसीखुसीमै पुर्याउनुभयो । एकैछिनमा छुट्टीको घण्टी बज्यो । मैले भने ल आकाश टेन्सन नलेउ केही पर्यो भने मलाई भन भने अनि म निस्किए उसले हाओस्, भन्दै छुट्यो । आज मैले आफूले आफूलाई प्रश्न गर्ने अवस्थामा थिए ।
आकाशप्रति मेरो धारणा के हो आज उसको कुरा सुनेर सहानुभूति हो कि उसलाई माया गर्नु थाले मैले आफैले बुझ्न नसकेर आफूले प्रश्न गर्दै घर फर्किन दौडिरहेको थिए मनमा विभिन्न कुराले सोधिरहेको थियो मलाई घर पुगे फ्रेस भए खाना खान मन लागेन मोबाइल चलाउन थाले मोबाइल हेरेको नयाँ फ्रेन्ड रिक्वेस्ट आइरहेको थियो हेरेको आकाशको रहेछ । मैले तुरुन्तै एक्सेप्ट गरे। कति छिटो हात म्यासेज गर्ने सम्म पुगेछ थाहा पनि पाउन सकिन अनि लेखे आकाश धेरै टेन्सन नगर यदि गाह्रो भयो भने मलाई भन भने हाओस मात्र भन्यो ।
अनि मैले खाना खायौं भनेर सोधे, उसले भन्यो खाएँ म अहिले बाहिर निस्किने भन्यो । मैले भने हाओस् भने यत्तिकै हाम्रो कुरा दिनप्रतिदिन बढिरहेको थियो । मलाई त आकाशलाई एकछिन नदेख्दा पनि न्यास्रो लाग्ने भइसकेको थियो मैले आकाश बाहेक अरु केही पनि सोचेको थिइन । स्कुल लाग्ने अन्तिम समय थियो । विदा हुन केहि मिनेट मात्र थियो । घाम छितिजबारी पुगेको थियो । त्यस समयमा मिसले एउटा प्रेमपत्र कोरेर आकाशलाई दिनुभयो ।
घरमा पुगेर मात्र हेर्न बाचाका साथ प्रेमपत्र दिनुभएको थियो । त्यस पछि मिस आफ्नो गाउँमा पाँचथर पुकिन । गाउँमा इन्टरनेट नचल्ने भएकाले गाउँ बसाइमा फोन सम्र्पक हुन सकेन । एक दिन मिस इन्टरनेट चल्ने ठाउँमा जानुभयो । फेसबुक खुल्नुभयो मिसले तर सुरुमै आकाश हार्दिक श्रद्धाञ्जली लेखेका पोष्टहुरु देखिन । त्यस पछि मिस बेहोस भएर त्यहि भईमा ढलिन । …