देबेन्द्र बानिया/ताप्लेजुङ
ताप्लेजुङमा पाँच वर्षको समय अवधिमा चट्याङबाट सात जनाको मृत्यु भएको छ । पछिल्लो पाँच वर्षको अवधिलाई हेर्दा प्रत्येक वर्ष चट्याङबाट एक जनाको मृत्यु भएको देखिन्छ ।
चट्याङ लागेर सयौँ पशुचौपाय समेतको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७६/०७७ देखि आर्थिक वर्ष ०८०/०८१ सम्म मा ताप्लेजुङमा एक महिला सहित सात जना चट्याङ लागेर मृत्युभएको छ । पाँच वर्षको समय अवधिमा चट्याङबाट चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायक उपरीक्षक तथा सूचना अधिकारी कमल लुङ्गेलीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७६/०७७ एक पुरुषको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष ०७७/०७८ एक महिला चट्याङ लागेर मृत्यु भएको छ । आर्थिक वर्ष ०७८/०७९ दुई पुरुषको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै आर्थिक वर्ष ०७९/०८० दुई पुरुषको मृत्यु हुदाँ, चालुआर्थिक वर्ष एक जना चट्याङ लागेर मृत्य भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
हालै गरिएको एउटा अध्ययनले चट्याङका दृष्टिकोणबाट नेपाल संसारको चौथो उच्च जोखिम युक्त मुलुककाले चट्याङको सिजन सुरु भए संगै जोखिम हुने बढी सम्भावना भएकाले सचेत रहन समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आग्रह गरेको छ ।
के हो चट्याङ
चट्याङ सामान्य प्राकृतिक प्रक्रिया हो । सूर्यको किरण वायुमण्डलमा ठोक्किन्छ । पृथ्वीमा विद्युतीय चार्ज उत्पादन गरिरहेको हुन्छ । त्यसलाई सन्तुलनमा राख्न पनि चट्याङ पर्छ । तर, मौसम परिवर्तनका कारण चट्याङमा पनि फेरबदल भएको छ । जसका कारण वर्षेनि चट्याङबाट मृत्यु हुनेको संख्या बढ्दो छ । घटबढ भए पनि औसतमा मृत्यु हुनेको संख्या बढिरहेकै छ ।
प्रि–मनसुनमा चट्याङ किन धेरै पर्छ
प्रि–मनसुनको समयमा विद्युतीय चार्ज उत्पादन गर्ने बादल हुन्छ । सबै बादलमा त्यो क्षमता हुँदैन । र, सूर्यको तापले जमिनको सतहमा भएको पानीका कणलाई वाष्पीकरण गरेर बादल बनाउँछ । प्रि–मनसुनको बादलमा विद्युतीय चार्ज बनिरहेको हुन्छ ।
वर्षायामको बादलमा पनि हुन्छ । तर, त्यो समयमा पानी धेरै पर्छ । पानीले विद्युतीय चार्ज पानीसँगै जमिनमा झर्छ । तर, प्रि–मनसुनको समयमा पानी कम पर्छ । बादल मडारिएर उथलपुथल हुन्छ । अनि चट्याङ पर्छ । सामान्यतया चिसो मौसम र वसन्त ऋतुमा चट्याङ पर्दैन । चैतको मध्य समयदेखि असारसम्म बढी पर्छ ।
कसरी जोगिने
शहरका घरहरूमा फलाम वा धातुको प्रयोग हुन्छ । यस्ता घरमा बस्दा सुरक्षित हुन्छ । चट्याङ पर्ने समयमा सवारी साधनभित्र बस्दा पनि जोगिन सकिन्छ । तर, सबैभन्दा धेरैे असर ग्रामीण भेगमा पर्ने गरेको छ । किनभने ग्रामीण भेगका घरहरू चट्याङ प्रतिरोधात्मक छैनन् । चट्याङले बढी घरबाहिर क्षति गर्छ । त्यसैले खेतबारीमा काम गर्दा ज्यान धेरै जाने गरेको छ ।
बिहानको समयमा काम गर्ने र दिउँसो घरभित्रको काम गर्नुपर्छ । दिउँसो ३ बजेपछि चट्याङ पर्ने भएकाले यो समयमा घरको काम गर्दा उपयुक्त हुन्छ । यसका लागि जनचेतना फैलाउन आवश्यक छ ।
सस्तोमा पनि गाउँमा चट्याङ प्रतिरोधात्मक घर बनाउन सकिन्छ । यसका लागि राज्यले पहल गर्नु आवश्यक छ । घरहरूमा फ्युज, एमसीभी वा एसपीडी जडान गर्यो भने चट्याङबाट जोगिन सकिन्छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
