श्रावण १० गते २०८३
04:55: PM
श्रावण १० गते २०८३
04:55: PM

सांसद नेम्बाङलाई ताप्लेजुङबाट थप उपचारका लागि काठमाडौं लगिने

माघ १७ गते २०८०
2:26 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ,प्रतिनिधिसिभाका सांसद बसन्तकुमार नेम्बाङलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।
नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागिता जनाउन फुङलिङ आएका बेला अकस्मात बिरामी हुनु भएसंगै काठमाडौं लान तयारी भएको हो ।
जिल्ला अस्पतालले सिटी स्क्यान सहितको आवश्यकता देखाएपछि उहाँलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले बताउनुभयो ।‘हेलिकोप्टर ल्याउने समन्वय भइरहेकोले यहाँबाट उपचारका लागि काठमाडौं लगिने छ’थेबेले भन्नुभयो । पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङका इञ्चार्ज समेत हुनुहुन्छ । एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा पूर्व सांसद घनश्याम खतिवडाका अनुसार बिहान फिदिमबाट हिडेंका नेम्बाङ सहितका नेताहरु खाना खाने क्रममा पाथीभरा गेष्ट हाउस पुग्नु भएको थियो । सोहि बेला उठ्ने तरखर गर्दागर्दै नेम्बाङ बिरामी परेपछि उहाँलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक परीक्षण पछि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकहरुले नेम्बाङलाई थप उपचारका लागि रेफर गरेका छन् ।
इलाममा रहेको हेलिकोप्टरसंग पनि समन्वय भइरहेको र सो नभए काठमाडौंबाट हेलिकोप्टर झिकाई मेडिसिटी अस्पताल लैजाने बिषयमा छलफल भइरहेको खतिवडाले जानकारी दिनुभयो । जिल्ला अधिबेशन सहितको बिषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक बोलाईएको थियो । सोहि बैठकका लागि नेम्बाङ सहितका नेता फुङलिङ आउनु भएको हो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo