मुकुमलुङ संरक्षणका लागि फुङ्लिङमा जनप्रर्दशन(फोटो फिचर)
Phaktanglung Darpan
माघ १५ गते २०८०
8:13 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङको पाथीभरा(मुकुमलुङ) संरक्षणका लागि सोमबार फुङ्लिङमा जनप्रर्दशन गरिएको छ ।
केबलकार निर्माण गर्न नहुने अडान राख्दै जनप्रर्दशन गरिएको हो ।
‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन,राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन,प्रकृति पूजकहरु एक होऔं’जस्ता नारा सहित जनप्रर्दशन भएका थिए ।
मुक्कुमलुङ संयुक्त संघर्ष समिति,केवलकार निर्माण खारेजी संयुक्त संघर्ष समिति,किराँत याक्थुङ चुम्लुङ,प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति,किराँत धर्म तथा साहित्य उत्थान संघ,पहिचानका लागि युवा समिति,मुक्कुमलुङ फासिङ तान्सेःप् चुम्भो सहित विभिन्न संघसंस्थाहरूको संयोजनमा जनप्रर्दशन गरिएको थियो ।
केबलकार निर्माण गर्न नहुने अडान राख्नेहरुले पाथीभरा(मुक्कुमलुङ)मा केवलकार निर्माणले सो क्षेत्रको पर्यावरण,पुरातात्विक र जैविक विविधता नष्ट संगै मनोरम प्राकृतिक सम्पदा विनास हुने तथा साँस्कृतिक अतिक्रमण बढ्ने तर्क गरिरहेका छन् ।
पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले भने सहज वातावरण भए काम सुरु गरेको १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने बताउँदै आएको छ ।