श्रावण १० गते २०८३
08:50: AM
श्रावण १० गते २०८३
08:50: AM

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ताप्लेजुङले अधिवेशन गर्दै

माघ १४ गते २०८०
8:44 pm
Author Avatar
फक्ताङलुङ दर्पण


देबेन्द्र बानीयाँ/ताप्लेजुङ
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) जिल्ला कार्य समिति ताप्लेजुङले २३ औं जिल्ला अधिवेशन गर्ने मिति तय गतेको छ ।
आइतबार सदरमुकाम स्थित नेकपा एमाले जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै मिति तय गरिएको हो। अनेरास्ववियु तापलेजुङले आउँदो माघ १९ र २० गते अधिवेशन गर्ने मिति तय गरेको हो।
ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आह्वान सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्वबियुको अभियान भन्ने मूल नाराका साथ जिल्ला अधिवेशन गरिने बताइएको छ।
अधिवेशन का लागि जिल्लाका नौ वटै स्थानीय तहबाट ५० जना जनप्रतिनिधि चयन हुने व्यवस्था गरिएको आयोजक कमिटीलेमा रहेका ५७ जना स्वत प्रतिनिधि हुने विधानमा व्यवस्था गरिएको छ । अधिवेशन आयोजक कमिटीले यसअघि नै ताप्लेजुङको ३८ वटा मावि कमिटी ९ वटा पालिका कमिटी एउटा क्याम्पस कमिटी गठन गरिसकेको छ। परिवेशका लागि जिल्ला कमिटी ताप्लेजुङले लोगो समेत सार्वजनिक गरेको गरिएको अनेरास्ववियु ताप्लेजुङले जनाएको छ

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo