देवेन्द्र बानीयाँ/ताप्लेजुङ
ताप्लेजुङ — चमेरा संरक्षण गर्नुपर्छ भन्दा विदुर तामाङ अचम्ममा पर्नुभयो । ताप्लेजुङकोे सिदिङ्वा गाउँपालिका—७ सुरूमखिमको अम्बटारका उहाँले चमेरा देख्दा झिंजो लागेर कसरी धपाउन सकिन्छ भनेर योजना बनाउँदै थिए । दिनभरि कराएर हल्ला गर्ने चमेरा धपाउन पाए शान्ति हुन्थ्यो भन्ने ध्याउन्नमा यहींकै सुमन राई पनि थिए ।
तर, उहाँहरुले बुरुमखिम प्राथमिक विद्यालयका शिक्षक दीपेन्द्र लिम्बूले चमेराको महत्त्व बुझाइदिएपछि भने दुवैको मन फेरियो । अहिले उहाँहरू चमेरा संरक्षण अभियानमा लागेका छन् । अभियान सँगै गत वर्ष देखि चमेरे महोस्वाव ल्याउन सुरु गरेको स्थानिय नव ज्योति सांस्कृतिक क्लबले यो वर्ष पनि दोस्रो चमेरे महत्व गर्ने योजनामा छन् ।
कसैले भाला र गुलेली लिएको देख्यो कि उहाँहरू धपाउँछन् । बिभिन्न रोगमा चमेराका मासु र तेलको प्रयोग हुने जनविश्बास रहेकाले मार्न आउनेहरू बढ्दै गइको थियो । तर अहिले भने विकाश निर्माण सँगै आन्तरिक पर्यटनको रोजाइमा पर्दै गएको छ । यस क्षेत्रलाई विशेष संरक्षण क्षेत्र घोषणा गरिएको छ ।
खेवाङ तुमंखे स्थित जेष्ठ नागरिक ८९ वर्षिय अर्जुन कुमार लिम्बू ,सानो हुँदा घाँस काट्न दाउरा खोज्दै भिरको डिलका १०÷१५ वटा ओढारको बीचमा सयौं चमेरा देख्नुभएको थियो । विस्तारै एक कान दुई कान मैदान हुदै गाउँका सबैले थाहा पाउँ थाले ।
ताप्लेजुङको जिल्लाकै सबैभन्दा बढी चमेरा ठाउँले परिचित हुदै गएको छ । चमेराले फुलहरूमा परागशेचन गरेर उत्पादनमा सहयोग पु¥याउँछ । त्यस्तै बालीनालीको कीरा फट्याङ्ग्रा खाएर उत्पादनमा सहयोग गर्ने हुँदा चमेरा कृषकको साथी भएको स्थानिय कुमार गुरुङले बताउनुभयो । कहिलेकाहीं रोप्दै नरोपेको ठाउँमा रूख बिरुवा उम्रनुमा पनि चमेराले योगदान गरेको हुन्छ । चमेराले उड्दा उड्दै विभिन्न फलफूलका बीउ झरेर रूख उम्रिन्छ । चमेराले जैविक विविधता संरक्षण र इकोसिस्टमलाई सहयोग गर्ने हुँदा पनि मानव जीवनमा यसको महत्व बढिरहेको वडा अध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । चमेराकै लागि विशेष संरक्षण क्षेत्र घोषणा गर्ने योजनामा लागि परेको वडा अध्यक्ष तामाङ बताउँछन् ।
२÷४ वर्षअघि चमेराहरू प्रशस्त देखिए पनि अहिले भने लोप हुन थालेकाले स्थानीयको बासी बताउँ । वन कार्यालयले चमेराको संरक्षणका लागि उक्त ठाउँमा विभिन्न जातका रूख रोप्ने कार्यक्रम बनाउनु आवश्यक देखिन्छ । वृक्षारोपणका लागि स्थानीय विमला तामाङ, सीता राम तामाङ , चेत बहादुर राई र भूमिका गुरुङ ले चमेरोको संरक्षणमा काम गर्दै आएका छन् । चमेराले ब्रिडिङसमेत त्यहीं गर्ने हुँदा चराचुरुङ्गी मन मराउनेका लागि यो क्षेत्र निकै महत्त्वपूर्ण हुन सक्ने गाउँपालिका प्रमुख मान बहादुर राईले बताउनुभयो ।
जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा पार्दै भएको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टो तल पारी रुख, गुफा, घरका छाना , रुख ,बोट बिरुवा हाँगा आदि ठाउँमा झुन्डिएर बस्न सक्ने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ ।
वातावरण सन्तुलनका लागि निकै महत्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका एक प्रजाति चमेरा लोपोन्मुख अवस्थामा पुगेकामा चमेरा संरक्षणकर्ता चिन्तित बन्न थालेका छन् । ताप्लेजुङका चमेरा संरक्षणकर्ता खडक बहादुर तामाङ भन्छन्, ’चमेरो, गाई, गुरु, कुकुर, परेवा , हाँस , बिरालो, खरायो, स्याल, बाँदर र मान्छे जस्तै एक स्तनधारी प्राणी हो । समय र विश्वको समस्याको रूपमा आएको जलवायु परिवर्तनले विस्तारै यो लोप हुँदै जाँदा जैविक विविधतामा समस्या आउन थालेको छ । पर्यावरणका लागि हितकर यस्ता जीव लोप भएमा अनेक समस्या आउनसक्ने उनी तामाङ चिन्तित भएका छन् ।
उहाँले भन्नुयो “चमेरोले लगाएका महत्त्व र गुन त खासै थाहा छैन । तर चमेराले पर्यावरणीय सुरक्षा र विपद् पूर्वको सङ्केत अवश्य गर्छ ।” नेपालका जीव वैज्ञानिकहरू चमेरो अनुसन्धानमा नलागेका पनि होइनन् । तर प्रोत्साहन र उचित कदरको खाँचो छ । चमेरोको संरक्षणका लागि सरकारले सयौ रोपनी वनमा अभ्यास सुरु गरिएको विभिन्न तथ्याङ्क केलाउन सकिन्छ तर कार्यन्वयनमा भने गएको देखिँदैन ।
पोथी चमेरोले बच्चा जन्माउँछ, बच्चालाई दूध खुवाउँछ । चमेराको जीउमा भुत्ला हुन्छ तर प्वाँख हुँदैन । बच्चालाई गुँडमै छोडेर पोथी चमेरो अथवा आमा चमेरो एक्लै उडेर कतै जाँदैन । पोथी चमेराले आफ्नो बच्चालाई आफ्नो जीउमै बोकेर उड्ने गर्छ भने बच्चा चमेरालाई आमाको जीउमा टाँसिएर बस्नुपर्ने हुन्छ । चमेराहरू खुट्टाका नङ्ग्राले रूखका हाँगा वा गुफाका चट्टानलाई च्यापेर झुण्डिन्छन् । तर दिसापिसाब गर्दा, भाले लाग्दा वा बच्चा पाउँदा भने हातका नङ्ग्राले च्यापेर बस्दछन् । त्यस अवस्थामा तिनको मुन्टो माथितिर नै फर्केको हुन्छ ।
चमेराको तीखो कोणाकारका पखेटाहरू हेर्दा झण्डै झण्डै मानिसको हात र पाखुराजस्तै देखिन्छ । चमेरो एक यस्तो जीव हो, जो स्तनधारी भइकन आकाशमा उड्न सक्तछ । चमेराको आकार चङ्गा जस्तै हुने भएकाले यसलाई आकाशमा सजिलैसँग उड्न मद्दत पुग्दछ ।
चमेराहरू विभिन्न रङ्गका हुन्छन् । विशेषगरी यिनीहरू कालो र खैरो रङका हुन्छ तर केही चमेराहरू भने पहेंलो चम्किलो, चाँदी, सुन्तलालगायतका विभिन्न रङका चमेरा पनि पाइन्छन् । ’रातिमा मात्र सक्रिय हुने चमेराले कृषिका लागि हानीकारक कीरा खाएर बालीनाली जोगाउन सहयोग पुर्याउने स्थानिय निरोज गुरुङलेले बताउनुभयो ।
चमेरालाई दुई प्रकारका चमेराहरूमा वर्गीकरण गरिएको छ । एउटा मांशहारी चमेरो र अर्को फलाहारी चमेरो । मांसाहारी चमेरो कीरा, फट्याङ्ग्र्राहरू मात्र खाएर जीवन निर्वाह गर्दछ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्दछ । आकारमा मांशहारीको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छ । मांशहारी चमेरोको सङख्या ७० प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत मात्र फलाहारी चमेरा रहेको बताइन्छ ।
विश्वमा एक हजार चार सय छ प्रजातिका चमेरा पाइन्छन् । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार ५५ प्रजातिका चमेरा रहेको बताइएको छ ।