ताप्लेजुङ: अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा बजार झरेकाहरू गाउँ फर्किरहेका छन् । बजारबाट गाउँ फर्केर गाउँ पुगेकाले गाउँ घरमा दशैँ तिहारमा चहलपहल बढेको छ ।
यतिबेला गाउँमा निकै चहलपहल बढेको छ भने बजार सुनासन जस्तै बनेका छन् । ताप्लेजुङमा ग्रामीण क्षेत्र दसैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् । स्थानीयवासीको बढ्दो सहर मोह र युवा शक्तिको विदेश पलायनले गाउँ पहिलेको जति रमाइलो छैन । खासगरी पछिल्लो समय गाउँमा बुढापाका र बालबालिका मात्रै बस्ने गरेका छन् । उहाँहरुले नै गाउँ धानेका छन्
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका ठुला देखि साना पसलहरुमा ताल्चा लगाएर दशैँ मान्न गाउँ घर तिर लागेका छन् । काठमाडौं,धरान,झपा लगायत शहर देखि दशैँ मान्न ताप्लेजुङका ग्रामिण बस्तिहरुमा पुगेका छन् । शहर देखि दशैँ तिहार मान्न आउँने आफ्न्तहरुलाई गाउँमा राम्रो सम्मान गर्ने गर्दछन् । शहरमा बस्नेहरुले धेरै कुरा बुझेको र सिकेको हुन्छ, सोचले सम्मान गरेको हो ।
एक दशक अगाडिसम्म गाउँ भरिभराउ थियो तर अहिले गाउँका घर प्राय खाली भए पनि दशैँ तिहारमा सम्म गाउँ घरको खाली घरमा आगो बल्न थालेको छ । बजारमा गोठा तथा घर भाडामा लिएर बस्ने यतिबेला आफ्नै जन्मभूमिमा पुगेका छन् । सुख, सयल र विलाशिताको जीवन बिताउन बजार झरेकालाई पनि चाडपर्वमा गाउँ रमाइलो लाग्ने हुँदा यो समय गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम फुङ्लिङ बजारसहित अन्य बजार पनि यतिबेला सुनसान बन्दै गएका छन् । परदेशमा रहेका युवा पनि दसैँ मनाउनका लागि स्वदेश आइरहेका छन् ।
एकसाता अगाडिसम्म ताप्लेजुङका ग्रामिणी बस्तिहरुमा सुनसान रहेकामा अहिले मानिसको जमघटले चहपहल बढेको फक्ताङलुङ—६ का स्थानीय सन्त कुमार लिम्बूले बताउनुभयो । घटस्थापनाका दिनदेखि सहर बजारमा रहेका र विदेशमा गएर दशैँ तिहार मनाउन उहाँहरू गाउँ आएको उहाँले बताउनुभयो । । तिहार सकिएपछि पुनःगाउँ सुनासन हुने सोही गाउँका मेघबीर लिम्बूले बताउनुभयो । चाडपर्वले टाढा रहेका आफन्त तथा इष्टमित्रलाई नजिक बनाउनका साथै आत्मियता पनि बढाउँछ । अहिलेका चाडबाडमा पहिलेको जस्तो रमाइलो र मौलिकमता नभएको भन्दै धेरैले पश्चिमा संस्कृतिको सिको गर्न थालेका छन्
लिम्बूले भन्नुभयो “केही दिन अगाडिसम्म सुनसान भएका घरमा अहिले मान्छे आएर बस्न थालेका छन्, केटाकेटीहरुको आवाज पनि सुनिन्छ, सधँैभरि गाउँमै बसेर कस्तो रमाइलो हुँदो हो ?, अहिले गाउँमा आएका सबै तिहार मनाएर सहर नै पस्छन् ।” पढाइ,रोजगारीको शिलशिलामा गाउँ छोडेकाहरु पनी गाउँ फर्कीदा एक गाउँ घरमा उत्सव जस्तै हुने गरेको फक्ताङलुङ गाउँपालिकाका स्थानीय विर्ख लिम्बूले बताउनुभयो ।…
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
