मंसिर ४ गते २०८३
07:13: PM
मंसिर ४ गते २०८३
07:13: PM

पाथीभरामा एक महिनामा ६४ हजारभन्दा बढी दर्शनार्थी

मंसिर १ गते २०८३
6:11 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। एक महिनामा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकै दिन मन्दिरको दर्शन गरेका थिए। यसअघि कात्तिक तेस्रो साताको मंगलबार १० हजार ६१६ जना भक्तजन पाथीभरा पुगेका थिए।

समुद्री सतहबाट तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा धाममा पछिल्लो समय भक्तजनको चाप बढ्दै गएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo