भाद्र २६ गते २०८३
09:58: PM
भाद्र २६ गते २०८३
09:58: PM

ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता

भाद्र २२ गते २०८३
8:21 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङबाट गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मैवाखोलामा दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार बेपत्ता हुनेमा ट्र्याक्टर चालक समिर बराइली र ट्र्याक्टरमा सवार अनिल नाल्बो रहेका छन् ।

सोमबार बिहान २ः४० बजे आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडकखण्डमा ट्र्याक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलामा पुगेको थियो ।

सडकबाट पल्टिएर खोलामा पुगेको नम्बर नखुलेको ट्र्याक्टरलाई दुर्घटनास्थलबाट करिब २० मिटर तल खोलाले बगाएर बगरमा पुर्‍याएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । तर, चालक बराइली र ट्र्याक्टरमा सवार नाल्बो भने अझै फेला परेका छैनन् ।

घटनाबारे सोही ट्र्याक्टरमा सवार २४ वर्षीय समिर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा जानकारी गराएका थिए । जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो ।

बेपत्ता दुई जनाको खोजी तथा घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo