भाद्र २६ गते २०८३
09:58: PM
भाद्र २६ गते २०८३
09:58: PM

ताप्लेजुङ गोल्डकपको उपाधिका लागि आज सलहेस र फिदिम भिड्दै

भाद्र १९ गते २०८३
8:32 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुगेका सलहेस युवा क्लब र फिदिम स्पोर्टिङ क्लबबीच उपाधिका लागि भिडन्त हुने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

अध्यक्ष मादेनका अनुसार भारतको जर्जियन युनाइटेड फुटबल क्लब, कालिम्पोङलाई २–० गोलअन्तरले पराजित गर्दै सलहेस युवा क्लब फाइनलमा पुगेको हो । यस्तै, सेमिफाइनलमा झापा–११ फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै फिदिम स्पोर्टिङ क्लबले फाइनलमा स्थान बनाएको हो ।

भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । फाइनलमा पुगेका सलहेस र फिदिम स्पोर्टिङ क्लबबाहेक आयोजक ताप्लेजुङ–११, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब ललितपुर, चित्लाङ फुटबल क्लब काठमाडौं, भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङ र झापा–११ फुटबल क्लबले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo