श्रावण १२ गते २०८३
08:47: AM
श्रावण १२ गते २०८३
08:47: AM

अलैँचीको निर्यात ४४ प्रतिशतले वृद्धि

असाेज ९ गते २०८२
9:21 am
Author Avatar
फक्ताङलुङ दर्पण

काँकडभिट्टा, झापा — मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँचीको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। गत वर्षको सोही अवधिको तुलनामा निर्यात ४३.९० प्रतिशतले बढेर रु ८५ करोड ९६ लाख ११ हजार पुगेको छ।

सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यो अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको छ। अघिल्लो वर्षको पहिलो दुई महिनामा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात गरिएको थियो।

तर, सोही अवधिमा चियाको निर्यात भने ३४ प्रतिशतले घटेको छ। चालु वर्षको दुई महिनामा रु ७५ करोड ३ लाख ४८ हजार बराबरको चिया निर्यात भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो आंकडा रु एक अर्ब १३ करोड ७४ लाख आठ हजार थियो।

भन्सार कार्यालयका अनुसार अन्य प्रमुख निर्यात वस्तुहरूमा पनि उल्लेख्य उतारचढाव देखिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo