श्रावण १० गते २०८३
10:41: AM
श्रावण १० गते २०८३
10:41: AM

ताप्लेजुङमा निषेधाज्ञा र कफ्र्यु हटाएसँगै जनजीवन सामान्य

भाद्र २८ गते २०८२
7:26 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा चार दिनपछि निषेधाज्ञा र कफ्र्यु हटाइएसँगै जनजीवन सामान्य बन्दै गएको छ। जेनजी आन्दोलनका कारण बुधबारदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यु शनिबारदेखि हटाइएको हो।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार जेनजी आन्दोलनका नाममा हुने प्रदर्शन, हुलदङ्गा र अराजक गतिविधिले शान्ति सुरक्षामा खलल पुर्‍याउने सम्भावना देखिएकाले बुधबारदेखि कफ्र्यु र निषेधाज्ञा जारी गरिएको थियो। त्यसका कारण जिल्लाको जनजीवन असामान्य बनेको थियो।

तर, आन्दोलनको अवस्था क्रमशः शान्त हुँदै गएपछि शुक्रबार राति पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि शनिबारदेखि कफ्र्यु र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिनुभयो।

यसअघि जेनजी पुस्ताले सुरु गरेको देशव्यापी आन्दोलनअन्तर्गत ताप्लेजुङमा समेत भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको थियो। आन्दोलनका क्रममा फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवनमा तोडफोड र आगजनी गरिएको छ। त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका जिल्ला पार्टी कार्यालयहरूमा समेत क्षति पु¥याइएको छ।

यस्तै, पाथीभरा क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क (स्वास्थ्य सहायता) भवन र टि–हाउसमा समेत आगजनी भएको छ। माथिल्लो तमोर जलविद्युत् आयोजनाका दुई टिप्पर र निर्माण सामग्री भण्डारण गरिएको स्टोर भवनमा पनि जेनजी समूहकै नाममा आगजनी गरी क्षति पु¥याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo