तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा ३२ लाख ४६ हजार ६ सय रुपैयाँ बराबरको टिकट बिक्री भएको छ । लाखे जात्रा पर्वको अवसरमा भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा यो वर्ष टिकट बिक्री ठेक्का प्रक्रियामार्फत गरिएको थियो ।
समितिका अनुसार क्वाटर फाइनलमा ९ लाख ६१ हजार ५ सय, सेमिफाइनलमा ७ लाख ८५ हजार २ सय र फाइनलमा १५ लाख रुपैयाँ संकलन भएको हो । फाइनल खेलमा ६ हजार टिकट सबै बिक्री भएसँगै प्याराफिट भरिएको थियो । टिकट दर क्वाटर फाइनलका लागि १००, सेमिफाइनलका लागि २०० र फाइनलका लागि २५० रुपैयाँ निर्धारण गरिएको थियो ।
गत साउन २४ गतेदेखि सुरु भएको प्रतियोगिता साउन ३१ गते सम्पन्न भएको हो । उपाधि मधेश प्रदेशको सलहेश युवा क्लब, सिरहाले जित्दै ७ लाख २ हजार ८२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
