ताप्लेजुङ, फुङ्लिङ — ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा तीनदिने कृषि यान्त्रिकरण मर्मत तथा सम्भार तालिम सम्पन्न भएको छ। तालिम प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यान्वयन इकाई ताप्लेजुङको आयोजनामा भएको हो।
जिल्लाभरिका सबै गाउँपालिकाबाट प्रतिनिधित्व हुने गरी किसान तथा प्रविधिकको सहभागिता रहेको तालिममा आधुनिक कृषि औजार तथा मेशिनहरूको मर्मत र सम्हालका विषयमा व्यवहारिक ज्ञान दिइएको थियो।
"कृषि क्षेत्रमा यान्त्रिकरण तीव्र गतिमा भैरहेको सन्दर्भमा किसानलाई उपकरणको मर्मत सम्भार गर्न सक्ने सीप आवश्यक भएकोले तालिम सञ्चालन गरिएको हो," परियोजना कार्यान्वयन इकाईका कार्यालय प्रमुख काशीराम पाण्डेले बताए।
उनका अनुसार यस्ता तालिमहरूबाट स्थानीयस्तरमै प्रविधिक जनशक्ति उत्पादन हुने र मेशिन बिग्रँदा तत्काल समाधान गर्न सहज हुने विश्वास गरिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
