असार २९ गते २०८२
02:05: AM
असार २९ गते २०८२
02:05: AM

सिदिङ्वा धाममा राखिएको श्रृङ्ग ऋषिको मूर्ति तोडफोड, छानबिन सुरु

असार २४ गते २०८२
11:55 am
Author Avatar
फक्ताङलुङ दर्पण

ओमेन्सा राई/ताप्लेजुङ

ताप्लेजुङ — सिदिङ्वा गाउँपालिका–२ स्थित सादेवा गाउँको सिदिङ्वा धाम मन्दिरमा हालै स्थापना गरिएको श्रृङ्ग ऋषिको मूर्ति तोडफोड गरिएको छ।

गाउँपालिका अध्यक्ष मानबहादुर राईका अनुसार मन्दिरबाट करिब २० मिटर तल झारेर मूर्ति पूर्ण रूपमा क्षतिग्रस्त बनाइएको छ। “मूर्तिको एक हात भाँचिएको छ भने अनुहार र अन्य भागहरू यति क्षतविक्षत छन् कि पहिचान गर्नसमेत कठिन छ,” अध्यक्ष राईले जानकारी दिनुभयो।

करिब एक महिना अघि मात्रै मूर्ति कोशी प्रदेशका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोद्वारा औपचारिक रूपमा अनावरण गरिएको थियो। उक्त मूर्ति गाउँपालिका अध्यक्ष राईको पहलमा भारतबाट ल्याइएको थियो। केही समय उनले आफ्नै घरमा राखेर पूजा गर्दै आएका थिए।

घटनापछि मूर्ति कसले, किन र कसरी तोडफोड गर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। अध्यक्ष राईले घटना गम्भीर भएकाले निष्पक्ष छानबिन गरिने बताए।

यसअघि मूर्ति राख्ने क्रममा केही स्थानीय असन्तुष्ट पक्षहरूले मन्दिरमा मूर्ति नराख्न आग्रह गर्दै आएका थिए। ती पक्षको असन्तुष्टि र हालको घटनाबीचको सम्बन्धबारे पनि अनुसन्धानका क्रममा स्पष्ट हुने बताइएको छ।

यस घटनाले स्थानीय धार्मिक तथा सामाजिक वातावरणमा तनावको संकेत देखिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo