करिब एक महिनाको अन्तरालपछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान पुनः सञ्चालन भएको छ । मौसम सुधार भएसंगै आज एक महिना पछि उडान भएको हो । लगातारको खराब मौसम र हुस्सु–कुहिरोका कारण दृश्यता कम हुँदा गत जेठ ३० गतेदेखि उडान स्थगित थियो । आज (सोमबार) मौसममा सुधार आएपछि नेपाल वायु सेवा निगमको जहाज सुकेटार विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो उहाँका अनुसार आजको उडानमा काठमाडौँबाट चार जना यात्रु ताप्लेजुङ आइपुगेका छन् भने ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमले असार यता मात्र छ वटा उडान प्रभावित भएका छन्। उडान नहुँदा टिकट लिएर कुर्दै बसेका यात्रुहरू वैकल्पिक रूपमा सवारी साधन प्रयोग गर्न बाध्य भएको इन्चार्ज कार्कीले बताउनुभयो । हाल सातो दुई दिन — सोमबार र शुक्रबार — काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान तालिका कायम छ । ताप्लेजुङबाट काठमाडौँसम्मको एकतर्फी भाडादर हाल नौ हजार दुई सय रुपैयाँ रहेको पनि निगमले जानकारी दिएको छ ।….