फक्ताङलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विपद् व्यवस्थापन, वातावरण संरक्षण र हरियाली विस्तारमा जोड दिँदै बहुआयामिक योजना अघि सारेको छ। प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई तत्काल राहत र दीर्घकालीन सुरक्षा दिने उद्देश्यले नीति तथा कार्यक्रम तय गरिएको हो।
🔸 प्राकृतिक विपद्का पीडितलाई तत्काल राहत
प्राकृतिक विपद्बाट मानवीय क्षति भएमा प्रारम्भिक राहतस्वरूप पीडित परिवारलाई प्रतिव्यक्ति रु. ५०,००० उपलब्ध गराइनेछ। घटना गम्भीर भएमा गाउँकार्यपालिकाको निर्णय अनुसार थप राहत प्रदान गरिने जनाइएको छ।
🔸 हरियाली प्रवर्द्धन र वातावरणीय संरक्षण
गाउँपालिकाभित्रका खाली जग्गा, नदी र सडक किनारहरूमा वृक्षारोपण अभियान चलाइनेछ। हरियाली विस्तारसँगै जंगल संरक्षण र जल–जमिनको संरक्षणलाई प्राथमिकता दिइनेछ। साथै, Bio-engineering प्रविधिको प्रयोगलाई पनि प्रोत्साहन गरिनेछ।
🔸 जोखिम न्यूनीकरण र पूर्वतयारी
बाढी, पहिरो, डुबानजस्ता सम्भावित विपद्लाई ध्यानमा राखी स्थानीय क्लब, टोल विकास संस्था, सुरक्षा निकाय लगायत सरोकारवालासँग सहकार्यमा जोखिम न्यूनीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ।
🔸 विपद् व्यवस्थापन कोषको स्थापना
विपद् रोकथाम, पूर्वतयारी र पुनःस्थापनाका कार्यक्रमहरूका लागि गाउँपालिकाले विशेष विपद् व्यवस्थापन कोष स्थापना गरी तत्काल राहत, उद्धार र पुनर्निर्माणमा सहजीकरण गर्नेछ।
🔸 हरेक वडामा उद्धार टोली र हेलिप्याड निर्माण
प्रत्येक वडामा एक–एकवटा दैवी विपद् उद्धार टोली गठन गरिनेछ। यस्तै, आकस्मिक अवस्थामा प्रयोग गर्न मिल्ने हेलिप्याड र Evacuation Center निर्माणको योजना अघि सारिएको छ।
🔸 जोखिमयुक्त बस्ती स्थानान्तरण
जोखिममा रहेका घर तथा बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ। तत्काल सरोकारवाला निकायको समन्वयमा सुरक्षित पुनःबासको व्यवस्था गरिने पालिकाको नीति रहेको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
