श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

मैवाखोलामा श्रमदानमार्फत दुई अस्थायी काठेपुल निर्माण

असार १ गते २०८२
9:38 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदानमार्फत दुईवटा अस्थायी काठेपुल निर्माण गरिएको छ । गाउँपालिका–४ साँघुस्थित एकबासे नेरुवाखोला र वडा नं. २ र ३ जोड्ने माङमाया खोलामा अस्थायी मोटरेबल काठेपुल निर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको नेतृत्वमा स्थानीय समुदायको सक्रिय सहभागितामा श्रमदान अभियान सञ्चालन गरिएको हो । नेरुवाखोलामा करीब तीन लाख ५० हजार रुपैयाँ बराबरको श्रमदान जुटाएर काठे मोटरेबल पुल निर्माण गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

पुल निर्माणमा प्रयोग हुने भ्याकु लोडर (मेसिन), ट्याक्टर, तारजाली गाउँपालिकाले उपलब्ध गराएको छ भने अन्य आवश्यक सामग्री र जनश्रम श्रमदानबाट जुटाइएको उहाँले बताउनुभयो ।

यस्तै, माङमाया खोलामा पनि एक लाख ५० हजार रुपैयाँ बराबरको श्रमदानमा आधारित अस्थायी मोटरेबल काठेपुल निर्माण गरिएको छ । वर्षायाममा आवतजावतमा समस्या हुने भएकाले यस्तो पुल निर्माण गरिएको अध्यक्ष वनेमले बताउनुभयो ।

उहाँका अनुसार यी पुलहरू पैदल यात्रु मात्र नभई मोटर सवारी गुड्न मिल्ने गरी बनाइएका छन् । गाउँपालिकाले विगतदेखि नै स्थानीय बासिन्दा, टोल विकास संस्था, युवा समूह लगायतको सहभागितामा श्रमदान अभियान सञ्चालन गर्दै आएको छ । यसले स्थानीय स्रोत र श्रमको उपयोग गर्दै आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुगेको अध्यक्ष वनेमको भनाइ छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo