श्रावण १० गते २०८३
08:46: AM
श्रावण १० गते २०८३
08:46: AM

ताप्लेजुङको साकफारामा बोलेरो दुर्घटना, ९ जना घाइते

जेठ ९ गते २०८२
11:47 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ, ९ जेठ —
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ साकफारामा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

बिहीबार बिहान साढे १० बजे मेरिङदेन गाउँपालिका–६ नाल्बोबाट सदरमुकाम फुङलिङतर्फ जाँदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभान र प्रहरी चौकी सान्थाक्राबाट उद्धार टोली परिचालन गरिएको थियो। प्रहरी निरीक्षक ओम प्रकाश पण्डित र प्रहरी हवल्दार इनर मण्डलको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो।

घाइते ९ जनाको नाम र अवस्था निम्नानुसार छः
१. साङ्गे शेर्पा (२५वर्ष), नाल्बो — चालक, टाउकोमा सामान्य चोट, अवस्था सामान्य।
२. दावा शेर्पा (१७वर्ष) — चिउडो, छाती र पेटमा सामान्य चोट, अवस्था सामान्य।
३. भिमकुमार केदेम लिम्बु (६८वर्ष) — दुबै खुट्टामा चोट, अवस्था सामान्य।
४. अञ्जना शेर्पा (२४वर्ष) — टाउकोमा चोट, अवस्था मध्यम।
५. छुनु माबो लिम्बु (२६वर्ष) — दाहिने हातमा सामान्य चोट, अवस्था सामान्य।
६. दावा चुन्गवा शेर्पा (१७वर्ष) — दाहिने खुट्टामा चोट, अवस्था सामान्य।
७. फुर्लामु शेर्पा (२३वर्ष) — ढाडमा चोट, अवस्था सामान्य।
८. गुबा शेर्पा (५१वर्ष) — ढाडमा सामान्य चोट, अवस्था सामान्य।
९. प्रमिला शेर्पा (२४वर्ष), आठराई त्रिवेणी गाउँपालिका–५ चाँगे — दाहिने हातमा सामान्य चोट, अवस्था सामान्य।

घाइतेहरुलाई उपचारका लागि मेरिङदेन गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फाईल तस्बिर

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo