श्रावण १० गते २०८३
11:43: AM
श्रावण १० गते २०८३
11:43: AM

सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डको ११औं महाधिवेशन ३१ मेमा

जेठ ८ गते २०८२
3:20 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बा चरपे/बेलायत

साझा नेपाली संस्थाको रूपमा स्थापना भएको सगरमाथा गोर्खा नेपाली समाज, आस्फोर्ड केन्टको ११औं महाधिवेशन आगामी ३१ मे २०२५, शनिवारका दिन हुने भएको छ।

संस्थाका अध्यक्ष डम्बर सिङक लिम्बुका अनुसार, प्रत्येक तीन वर्षमा आयोजना हुने महाधिवेशन यसपटक आस्फोर्ड केन्टस्थित साइमन सभाहलमा विविध सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा भव्य र सभ्य रूपमा सम्पन्न हुने तयारी गरिएको छ।

महाधिवेशनसँगै युवा कम्युनिटीमहिला कम्युनिटीको पनि गठन तथा सशक्तिकरण कार्यक्रम राखिएको अध्यक्ष लिम्बुले जानकारी दिए।

दीर्घकालीन सामाजिक सेवा

सन् २००४ मा स्थापना भएको यस संस्थाले लामो समयदेखि बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायका लागि सामाजिक, धार्मिक, सांस्कृतिक र मानवीय सेवामा उल्लेखनीय योगदान दिँदै आएको छ। बाढी, पहिरो, आगलागी, बिरामी तथा विपद्पीडितहरूलाई वर्षेनी खाद्यान्न, लत्ताकपडा र आर्थिक सहयोग संकलन गरी पीडितसम्म पु¥याउने कार्य संस्थाले निरन्तर गर्दै आएको छ।

शिक्षा, स्वास्थ्य र चेतनामूलक अभियान

संस्थाले युवा पुस्ताको नैतिक अनुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक विकास, सामाजिक सद्भाव, आपसी भाइचारा तथा आर्थिक उन्नतिमा जोड दिंदै आइरहेको छ। युवालाई कुलतबाट बचाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम र समु्दायिक क्रियाकलापहरू पनि सञ्चालन हुँदै आएका छन्।

अध्यक्ष लिम्बुका अनुसार, “आउँदो पुस्तामा भाषिक, धार्मिक र सांस्कृतिक हस्तान्तरणलाई मजबुत बनाउँदै नेपालीपनको सामाजिक परम्परा संरक्षण हाम्रो प्रमुख लक्ष्य हो।”

साझा भवन निर्माणको पहल

संस्थाले आफ्नै साझा भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको छ। साथै, स्थानीय सरकार तथा समुदायसँग समन्वय गर्दै, सन् २००९ देखि प्रत्येक वर्ष नेपालीहरूको बाक्लो सहभागितामा नगर, शहर र पार्क क्षेत्रहरूमा सरसफाइ अभियान समेत सञ्चालन गर्दै आएको छ।

नेपाल र नेपालीको गौरव झल्काउने सगरमाथाको नाममा स्थापना भएको यो संस्था प्रवासी नेपालीहरूका लागि एक साझा गन्तव्य बन्दै गएको छ। आसन्न महाधिवेशन संस्थाको मार्गचित्र तय गर्ने महत्वपूर्ण मोड हुनेछ, जसले समाजको भावी दिशा र रणनीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo