वैशाख २ गते २०८२
12:27: AM
वैशाख २ गते २०८२
12:27: AM

पूर्ण खोप सुनिश्चिततामा आठराई त्रिबेणीको महत्वपूर्ण उपलब्धि

चैत्र २४ गते २०८१
4:48 pm
Author Avatar
फक्ताङलुङ दर्पण

आठराई त्रिबेणी गाउँपालिकाले स्वास्थ्य सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात पारेको छ। गाउँपालिकाका सबै पाँच वडामा खोप सेवा सुनिश्चित गर्दै पालिकालाई नै ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित गरिएको छ।

स्वास्थ्य पूर्वाधार तथा जनचेतनाको सुदृढ संयोजनमार्फत यो लक्ष्य हासिल गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले घोषणा समारोहमा जानकारी दिनुभयो।

पूर्ण खोप सुनिश्चितता अभियानमा योगदान पु¥याउने वडा कार्यालयहरू, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा खोप स्वास्थ्य कार्यकर्ताहरूलाई सम्मान गरिँदा समुदायस्तरबाट आएको सकारात्मक सहयोगलाई पनि खुलेर सराहना गरिएको थियो।

स्वास्थ्य सेवाको सुदृढीकरणमा आठराई त्रिबेणीको यो पहल जिल्लाको लागि प्रेरणादायी बन्ने विश्वास गरिएको छ। यसअघि सिदिङ्वा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिकाको रूपमा पहिचान बनाइसकेको थियो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo