श्रावण १० गते २०८३
10:47: AM
श्रावण १० गते २०८३
10:47: AM

सिस्ने खोला–सिंवा बजार सडकखण्डमा ५ दिन यातायात प्रभावित हुने

फागुन ५ गते २०८१
4:34 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ – फुङलिङदेखि फक्ताङलुङ गाउँपालिका जोड्ने तमोर करिडोर अन्तर्गतको सिस्ने खोला–सिंवा बजार सडकखण्ड पाँच दिनसम्म अवरुद्ध हुने भएको छ। उक्त सडकखण्डमा पहरा विस्फोट गराई बाटो निर्माणको कार्य हुने भएकाले २०८१ साल फागुन ६ देखि १० गतेसम्म हरेक दिन बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन तिम्बुका अनुसार निर्धारित समयभित्र उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सार्वजनिक तथा निजी सवारी चालकहरूले वैकल्पिक मार्गको प्रयोग गर्नु पर्नेछ। तोकिएको समयभन्दा अघि वा पछि यात्राको तालिका मिलाउन अनुरोध गरिएको छ।

गाउँपालिकाले निर्माण कार्यका कारण पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै, सडक निर्माणपछि यातायात सुगम हुने विश्वास व्यक्त गरेको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo