श्रावण १० गते २०८३
10:20: AM
श्रावण १० गते २०८३
10:20: AM

पाथीभरा मन्दिरको भेटी: एक महिनामा १० लाख ४० हजारभन्दा बढी संकलन

माघ ३० गते २०८१
9:38 pm
Author Avatar
फक्ताङलुङ दर्पण

पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा संकलित भेटी रकम सार्वजनिक गरेको छ। समितिले हरेक महिनाको अन्त्यमा भेटी गणना गरी सार्वजनिक गर्ने निर्णयअनुसार माघ महिनाको भेटी विवरण प्रकाशित गरेको हो।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, १० लाख ४० हजार ३ सय रुपैयाँ भेटी विभिन्न मितिमा गणना गरी बैंकमा जम्मा गरिएको छ।

३,७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीहरूले चढाएको भेटी रकम समितिले नियमित रूपमा गणना र व्यवस्थापन गर्दै आएको छ। माघ महिनामा ४ हजार २४५ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्।

भेटी संकलन घट्दै
पाथीभरा दर्शनका लागि असोज, कात्तिक, फागुन, र चैत महिनामा बढी तीर्थयात्री आउने गरे पनि हाल तीर्थयात्रा प्रभावित भएको छ। ‘नो केबलकार’ समूहको बन्दका कारण करिब एक सातासम्म पाथीभरा सुनसान बनेको थियो। विरोधका कारण पछिल्ला दिनमा तीर्थयात्रीको संख्या शून्यमा झरेको समितिले जनाएको छ। अहिले भने केही भक्तजनहरू मात्र आउन थालेका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo