श्रावण ९ गते २०८३
04:21: AM
श्रावण ९ गते २०८३
04:21: AM

विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना

माघ २५ गते २०८१
8:43 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ठोट्ने सिंहराज मनरानी आधारभूत विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । पढाई निरन्तरता दिनका लागि विद्यार्थीहरुहरुको प्रत्साहन गर्ने उदेश्यले कोष स्थापना गरिएको हो ।विद्यालयको शैक्षिक गुणस्तर उकास्ने लक्ष्यसहित, स्व. भगिमाया इस्वो वनेम र स्व. श्रीमाया फोम्वो वनेमको स्मृतिमा भूपू ब्रिटिस आर्मी अगेन्द्र बहादुर वनेम लिम्बू, मचिन्द्र वनेम, र योगेन्द्र वनेमले संयुक्त रूपमा यो अक्षयकोष स्थापना गरेका हुन् । यसअघि पनि भूपू ब्रिटिस आर्मी वनेमले आफ्ना स्वर्गीय बुबाआमा बलबहादुर वनेम, सुभद्रा वनेम तथा स्वर्गीय दाजु जयप्रसाद वनेमको स्मृतिमा विद्यालयका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थियो । विद्यालयले यी अक्षयकोषहरूबाट उत्पन्न वार्षिक ब्याज रकमलाई उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न उपयोग गर्दै आएको छ ।
सामुदायिक विद्यालयहरूको शिक्षणस्तर सुधार गर्न यस्ता पहलहरू महत्वपूर्ण साबित हुँदै आएका छन्। शैक्षिक गुणस्तर खस्कँदै गएको चिन्ताका बीच, स्थानीयस्तरबाटै आएको यो आर्थिक पहल प्रेरणादायी छ। विद्यालयको दाबीअनुसार, यस कोषले विद्यार्थीहरूलाई प्रोत्साहन गर्न तथा शिक्षामा थप गुणस्तर सुनिश्चित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
अक्षयकोष स्थापना कार्यक्रम मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo