श्रावण १० गते २०८३
10:49: AM
श्रावण १० गते २०८३
10:49: AM

पाथीभरा केबलकार निर्माण विवाद: वार्ताबाट सहमति, निर्माण कार्य स्थगित

माघ २२ गते २०८१
10:42 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ — मुक्कुम्लुङ पाथीभरामा निर्माणाधीन केबलकार परियोजनाको विषयलाई लिएर जारी विवाद समाधान गर्न नेपाल सरकार, गृह मन्त्रालयद्वारा गठित वार्ताटोली र सम्बद्ध संस्थाहरूबीच वार्ता सम्पन्न भएको छ। वार्तामा विभिन्न पक्षहरूको सहभागितासहित महत्वपूर्ण बुँदाहरूमा सहमति जुटेको छ।

वार्तामा निम्न बुँदाहरूमा सहमति भएको छ:

१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गरिनेछ। स्टेसनसम्बन्धी विस्तृत छलफल २०८१ माघ २७ गते बस्ने वार्तामा गरिनेछ।
२. आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्नेछ।
३. २०८१ माघ १२ गतेको घटनाबारे छानबिन गरी कानुनी कारबाही अगाडि बढाइनेछ।
4. आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई विना शर्त रिहा गर्ने प्रक्रिया तुरुन्तै थालिनेछ।
५. मुक्कुमलुङ संरक्षण पक्षले अनिश्चितकालीन यातायात बन्द स्थगन गर्नेछ।
६. पाथीभरा केबलकार परियोजनासम्बन्धी बाँकी असहमति समाधान गर्न माघ २७ गते बिहान ११ बजे विस्तृत वार्ता बस्नेछ।

वार्तामा मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) लगायतका समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वार्ता सहजीकरण समितिको तर्फबाट सरस्वती सिंगक (सरु) र वार्ता टोलीका संयोजक प्रेम प्रसाद भदेहयाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

यस सहमतिपछि केबलकार परियोजना सम्बन्धी विवाद समाधानको दिशामा वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo