ताप्लेजुङ, फुङलिङ नगरपालिका–२ हान्द्रुङमा सर्पले डस्दा १९ वर्षीय आर्फत आली घाइते हुनुभएको छ। भारतको कोलकत्ताबाट आएर सानिमा हाईड्रो पावरमा कार्यरत आलीलाई नाम नखुलेको सेतो रङको सर्पले दाहिने खुट्टामा डसेको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेश बस्नेतका अनुसार सोमबार दिउँसो हाईड्रो पावरबाट कोठा फर्कने क्रममा सर्पले डसेको थियो। घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ, र उहाँको अवस्था सामान्य रहेको जनाइएको छ।