सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५२.१६ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १,५२८ मतदातामध्ये ७९७ जनाले मतदान गरेका हुन्।
सरस्वती माध्यमिक विद्यालय कुञ्जारी मतदान स्थलमा ५५० मत खसेको छ। यसमा २७२ महिला र २७८ पुरुष मतदाता सहभागी भएका छन्।
यस्तै, दुर्गा माध्यमिक विद्यालय ओसे मतदान स्थलमा २४७ मत खसेको छ। यसमा ११० महिला र १३७ पुरुषले मतदान गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले मतदान प्रक्रियामा कुनै अवरोध नभएको र मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिएको छ।
सिकैँचाको वडाध्यक्ष पदका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।
निर्वाचनको मतगणना आज साँझदेखि सुरु हुने अपेक्षा गरिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
