काठमाडौं। सुर्खेती कलाकार लोकेश विश्वकर्माको आवाजमा सजिएको नयाँ गीत ‘माया मार्यौ’ सार्वजनिक भएको छ। प्रेम र बिछोडको कथा बोकेको यो गीतले लोकेशको सांगीतिक यात्रालाई थप गहिराइ दिएको छ।
जमुना विश्वकर्माको सहगायनले गीतमा भावनात्मक गहिराइ थपिएको छ। मायाको लामो यात्रापछि बिछोडले छोडेको पीडालाई शब्द र धुनमार्फत उजागर गर्दै गीतले श्रोताहरूको मन छुने प्रयास गरेको छ।
गीतको भिडिओ पक्ष उत्कृष्ट छायांकनका लागि तिलक शाहीले महत्वपूर्ण भूमिका खेलेका छन्। लोकेश विश्वकर्मा र डिलु सुनारको सजीव अभिनयले कथा झनै जीवन्त बनाएको छ। खेमराज गौतमको संगीत संयोजनले गीतलाई थप पूर्णता प्रदान गरेको छ।
सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको यो गीतले प्रेम र बिछोडका भावना प्रस्ट्याउन सफल भएको छ। लोकेशको यो प्रयासले न केवल सांगीतिक यात्रा सबल बनाएको छ, तर सुर्खेती कला र संस्कृतिलाई पनि राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ।
‘माया मार्यौ’ प्रेमिल मनहरूको कथा बनेर लामो समयसम्म संगीतप्रेमीहरूको मनमा रहन सक्ने सम्भावना देखिन्छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
