ताप्लेजुङको सिरिजङगा गाउँपालिका—३ सिकैचामा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा पाँच जना उम्मेदवारको उम्मेदवारी कायम रहेको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विकास श्रेष्ठका अनुसार उम्मेदवारी फिर्ता लिनु पर्ने समयसीमा बुधबार सकिँदासम्म कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिएसंगै पाँच जनाकै उम्मेदवारी कायम भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । श्रेष्ठले बुधबार उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान समेत गरिएको छ । सिकैचाको वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू, नेकपा एमालेबाट कुमारी साउदेन, नेकपा (माओवादी केन्द्र) बाट अम्बी साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बूले उम्मेदवारी दिएका छन्। २०७९ सालको स्थानीय निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिम हङकङ गएपछि उहाले उतैबाट राजीनामा पठाएका थियो । त्यसैले नयाँ वडाध्यक्ष चयनका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा जम्मा एक हजार ५२८ मतदाता रहेका छन्, जसमा एक हजार २६ कुञ्जारीमा र ५०२ ओसे मतदान केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले आफ्नो चुनावी अभियान तीव्र बनाइसकेका छन् ।…