श्रावण १० गते २०८३
01:55: PM
श्रावण १० गते २०८३
01:55: PM

ताप्लेजुङमा अरीङ्गालको टोकाइबाट एक महिला घाइते

कार्तिक १६ गते २०८१
2:35 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा अरीङ्गालको टोकाइबाट एक महिला घाईते भएका छन् । घाईते हुनेमा फुङलिङ नगरपालिका–२ का ४१ वर्षीय निङ्मा लाकी शेर्पा अरीङ्गालको टोकाईबाट घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शुक्रबार बिहान घर नजिकै घास काट्ने क्रममा अरीङ्गालको टोकाइबाट घाइते भएका हुन । घास काट्ने क्रममा अचानक अरीङ्गालले टोक्दा शर्पा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार घाइते शेर्पा जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उहाँको टाउको र दायाँ हातमा सुन्निएको छ ।….

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo