ताप्लेजुङ — पाथिभरा बहुमुखी क्याम्पसको खेलमैदानमा आगामी कार्तिक ४ देखि ९ गतेसम्म तेस्रो चन्द्रबहादुर नयोङहाङ स्मृति नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। विजयदशमी तथा दीपावलीको अवसर पारेर कर्णसिङ सोनाम क्लबले आयोजना गर्ने यो प्रतियोगितामा सम्पूर्ण खेलप्रेमी र खेलाडीलाई सहभागिताका लागि निमन्त्रणा गरिएको छ।
फिफाका प्रचलित नियमअनुसार सञ्चालन गरिने यो प्रतियोगितामा सहभागी खेलाडीले जर्सी र बुट अनिवार्य रूपमा लगाउनुपर्नेछ। एक टोलीमा ७ खेलाडी र ३ अतिरिक्त खेलाडी गरी १० जना सम्मिलित हुनेछन्। खेलाडीहरूको बसोबास र खानपिनको व्यवस्था स्वयं टोलीले मिलाउनुपर्नेछ भने घाइते भएमा उपचारको जिम्मेवारी सम्बन्धित क्लबको हुनेछ।
प्रतियोगितामा विजेताले रु ८१,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ४१,१११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उद्घाटन कार्यक्रम कार्तिक ४ गते बिहान ११ बजे हुनेछ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
