श्रावण ९ गते २०८३
05:04: AM
श्रावण ९ गते २०८३
05:04: AM

ताप्लेजुङमा पहिरोले एक ट्रेकिङ ग्रुपका भान्से मृत्यु

असाेज १९ गते २०८१
12:09 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ इटहरमा गएको पहिरोले एक ट्रेकिङ ग्रुपको भान्से (कुक)को मृत्यु भएको छ । मृत्यु हुनेमा पर्याटकहरुको भान्से संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–५ बस्ने ४० वर्षीय टिका बहादुर राईको मृत्यु भएको हो । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको बेस क्याम्पतर्फ ट्रेकिङ गर्दै जाने क्रममा पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरीका अनुसार १३ जान भरीया, एक गाईड तीन जना जापनीज नागरिक र एक खाना पकाउने गरि १८ जना कञ्चनजंघा हिमालको बेस क्याम्पतर्फ जादै गर्दा पहिरोले पुरिएर राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घटना बिहान ९ः३० बजे भएको र स्थानीयले उक्त खबर ९ः५० मा प्रहरीलाई जानकारी गराएका थिए । घटना स्थल ताप्लेजुङको लुङथुङ प्रहरी चौकीबाट करिब एक घण्टा पैदल उत्तर पूर्वमा पर्ने बताइएको छ । घटना लगत्तै प्रहरी टोली घटना स्थलमा खटाइएको भए पनि निरन्तर पहिरो झरिरहेकाले तत्काल उद्दार गर्न कठिनाई भएको प्रहरीको भनाइ छ । हाल घटनाको थप अनुसन्धान र कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट अर्को प्रहरी टोली परिचालन गरिएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo