फागुन १९ गते २०८२
02:06: PM
फागुन १९ गते २०८२
02:06: PM

ताप्लेजुङमा साइबर क्राइम र लागु औषध दुर्व्यसनबारे सचेतनामूलक कार्यक्रम

असाेज १८ गते २०८१
9:59 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—३ साँवा चोक, फुङलिङ नगरपालिकाको वडा नं. ३ पालुङ्वा चोक, र सिरिजङ्घा गाउँपालिका—२ खाम्दिम्बेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साइबर क्राइम र लागु औषध दुर्व्यसनका विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ।

कार्यक्रममा स्थानीय बुद्धिजीवीहरूलाई भेला गरिनुका साथै उनीहरूलाई यी समस्याबारे जानकारी दिइएको थियो। सहभागिहरूलाई साइबर क्राइमका विभिन्न प्रकार, यसका दुष्परिणाम, र लागु औषध दुर्व्यसनका कारणहरूबारे विस्तृत जानकारी प्रस्तुत गरिएको छ।

कार्यक्रमले समुदायमा जागरूकता फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। यसप्रकारका कार्यक्रमहरूले युवापुस्तामा दुर्व्यसन र साइबर अपराधका विषयमा सचेतना बढाउने अपेक्षा गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo