श्रावण १० गते २०८३
01:55: PM
श्रावण १० गते २०८३
01:55: PM

मिक्वाखोलामा वर्षाका कारण सामाजिक सुरक्षा भत्तामा ढिलाइ

असाेज १८ गते २०८१
9:51 pm
Author Avatar
फक्ताङलुङ दर्पण

मिक्वाखोला गाउँपालिकाका सबै वडाका लाभग्राहीहरूलाई वर्षको सामाजिक सुरक्षा भत्ताको वितरणमा अविरल वर्षाका कारण केही ढिलाइ भएको छ। चालु आर्थिक वर्षकोको पहिलो त्रैमासिक किस्ताको भत्ता सुक्रबार देखि थलङमा रहेको प्रभु बैंकको शाखा र फुङलिङ नगरपालिकामा वितरण गर्न थालेको छ।

गाउँपालिकाले प्रभु बैंकसँग समन्वय गर्दै प्रत्येक वडामा भत्ताको वितरण गर्दै आएको भए पनि यस पटकको वितरमा अविरल वर्षाले समस्या उत्पन्न गरेको छ। विद्युत र इन्टरनेट सेवा ठप्प भएकाले समयमै सबै वडामा भत्ता वितरण गर्न असफल भएको जानकारी आएको छ। यस असुविधाका लागि गाउँपालिकाले लाभग्राहीहरूलाई क्षमा प्रार्थना गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले यस विषयमा जानकारी दिंदै भने, “हामी लाभग्राहीहरूलाई भएको असुविधाप्रति क्षमा प्रार्थी छौं। अविरल वर्षाको कारण वितरणमा भएको ढिलाइको समाधानका लागि आवश्यक कदम चाल्न प्रयासरत छौं।”

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको वितरण प्रक्रिया छिट्टै पुनः सुचारु गर्ने प्रतिबद्धता व्यक्त गर्दै, लाभग्राहीहरूलाई प्रभावकारी सेवाहरू प्रदान गर्न तत्पर रहेको जनाएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo