श्रावण ९ गते २०८३
06:48: AM
श्रावण ९ गते २०८३
06:48: AM

तावा खोलाले बगाउँदा बालक घाइते

असाेज १८ गते २०८१
7:05 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्तालुङ गाउँपालिका(३ मा ८ वर्षीय बालकलाई खोलाले बगाउँदा घाइते भएको छ। मिति २०८१ असोज १८ गते बिहान करिब ७ बजे दिल बहादुर लिम्बुको छोरा नयन लिम्बु तावा खोलामा माछा मार्ने क्रममा खोलाले बगाएको थियो।

घटनाका बेला नयनसँगै माछा मार्न गएका शुक्रराज लिम्बुले उनलाई देखेर तत्काल उद्धार गरेका थिए। उद्धार पश्चात नयनलाई स्थानीय स्वास्थ्य चौकी सिवामा उपचारका लागि लगिएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार नयनको दाहिने हातको पातो नचल्ने र अनुहार तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। प्रहरी चौकी सिवाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा पुगेको थियो। सो स्थान प्रहरी चौकी सिवाबाट करिब २ घण्टा पैदल दूरीमा पर्छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo