ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ ढुङ्गेसागुमा दुई बालबालिका खोलाले बगाउँदा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ११ वर्षीय सन्देश बराइली, खानीका सन्जहाङ बराइलीका छोरा, र १२ वर्षीया आइतरानी शेर्पा, रिन्जिन शेर्पाकी छोरी, मैवा खोलाको खार्ते दहमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन्।
शुक्रबार दिउँसो २ बजे तिर घटेको घटनामा, सन्देश र आइतरानीसँगै पौडी खेल्न गएका कुसुले शेर्पाले दुई साथीलाई खोलाले बगाएपछि तुरुन्त आफन्तलाई खबर गरेका थिए। जानकारी पाएपछि प्रहरीलाई सूचित गरिएपछि, खोजी कार्य थालिएको हो।
बेपत्ता बालबालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय दोभान र अस्थायी प्रहरी चौकी ढुङ्गेसाकुका प्रहरी परिचालित रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
